अभद्र व्यवहारको विषयमा मिरुना र फुर्पाबीच सहमतिको नाटक

0 90

अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङलाई गल्ती स्वीकारन लगाई अभिनेत्त्रि समक्ष जबर्जस्ति माफी माग्न लगाएको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेको जस्तो फण्डा गरि सादुको जिवन माथि नै प्रस्न खडा गरेको छ ।

आज बसमा यात्रा गर्दै थिए एक जना २२,२३ बर्सकी बहिनी निकै तडक भडकको साथ गाडिमा चडी ।गाडीमा सिट प्याक थियो उनी उभिएकी थिइन त्यतिकैमा गाडी ले ब्रेक लायो ब्रेक लाग्दा उनको पछि बसेका दाइ थोरै हुत्तिएर ती बहिनिको काधमा थोरै छुन पुग्यो ती बहिनिले महिलालाइ छुन्छस ??? तलाइ महिला हिंसाको मुद्दा हाल्दिउ ?? पुलिस बोलाइ दिउ??? भन्दै निकै बेर हङ्गामा मच्चाइन गाली गरिन सबै चुपचाप थिए ।ती दाइले जानी जानी होइन बहिनी भन्दै माफ मागी रहे निकै बेरको गाली पछि गाडी अघि बढ्यो । ती बहिनी घोप्टिएर एक हातले बसमा समाएर मोबाइल चलाउन थाली । गाडि रफ्तारले कुदिरहेको थियो अचानक उताबाट मोटर साइकलले अर्को गाडी ओभरटेक गरेर आयो ड्राइभरले इमर्जेन्सी ब्रेक दबाए सबै चिच्याए मोबाइल चलाउने बहिनिको हात फुत्कियो उनी उछिट्टिएर म उभिएको तिर आइन म उनलाइ समाएर बचाउन सक्थे तर मलाइ महिला हिंसा हुन्छ भन्ने डर लाग्यो म साइड लागि दिए ती बहिनी गएर ढोका छेउमा ठोक्किइन। मोबाइल फुट्यो टाउको मा चोट लाग्यो रगत आउन थाल्यो । मैले रुमाल दिए उनले घाउमा रुमालले छोपिन । केही अगाडि पुगेसी हस्पिटल आयो त्यही गाडी रोकेर उनको उपचार भयो उनको टाउकोमा ४ टाचा गरियो।
Thanks god आज म महिला हिंसा गर्न बाट बचे र उनलाइ पनि पिडित हुन बाट बचाए। यदि मैले उनलाइ त्यो समय समाएको थिए भने उनलाइ चोट लाग्दैन थियो चोट नलागेसी घटना सामान्य हुन्थ्यो अनि म दोशी हुने थिए। उनले मलाइ गाली गर्थी पिट्थी मेरो बेइज्जत गर्थी सम्भवत पुलिस बोलाएर ह्यारेसमेन्ट केश नै गर्थी । जमातले मलाइ नरपिचासको ट्याग दिन्थ्यो। मेरो बहिनिले थुक्थी मलाइ मेरि बुढी आमा आफ्नो गर्भलाइ सराप्थिन बिचरा बूढो बाउ ग्लानिले नै मर्थे ।
फेरि यात्रा सुरु भयो त्यो बहिनिलाइ मेरो छेउको दाइले सिट छोडिदिए म उनकै छेउमा उभिएको थिए घाउ लाग्दा रुमाल दिएको कारण होला सायद उनी म सङ्ग बोलिन अनि भनिन दाइ अघि किन नसमाउनु भएको तपाइले मलाइ ???? मैले भने अघि दाइले जस्तै गाली खान्छु भनेर बैनी । उनी ङिच्च परेर चुप्प लागिन । केही अगाडि पुगेसी बिराटचोकमा गाडी रोकियो म झरेर घर आएर facebook खोले मिरुना मगरले लामा भाइ लाई थप्पड हानेको भिडियो हेरे फेरि झस्किए र भगवानलाई समयमै सद्बुद्दी दियौ भन्दै धन्यवाद दिए । ती बहिनिको घाउ त २,४ दिनमा जाती भै हाल्छ नि तर मेरो जिवनमा त्यो ट्याग लागेको भए त्यो जिवनभर म र मेरो परिवारले भोगी रहन पर्थ्यो ! त्यसपछी चिया खादै आजको घटना लेख्न मन लाग्यो अनि लेखेर पोस्ट गरे !