अर्थमन्त्री जनार्दन शर्माको पद धरापमा

0 43

काठमाडौँ : पटकपटक विवादमा आएका सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई नैतिक संकट परेको छ ।

केही समयअगाडी गभर्नर अधिकारीलाई व्यक्तिगत रिसिइवीका कारण स्वार्थ साँध्नका लागि छानबिन समिति गठन गरी निलम्बित गरिएको थियो। अर्थमन्त्री शर्माको प्रस्तावका आधारमा मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न र काममा फर्किन सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको थियो।

विभिन्न राजनीतिक दलका नेताहरुले उनको राजीनामा मागेका छन् । माओवादी केन्द्रकै नेताहरुले पनि उनको राजीनामा माग गरेका छन् । त्यस्तै नेकपा एमालेले पनि उनको राजीनामा माग्न जोड गरेको छ । त्यस्तै प्रमुख सत्ताधारी दल नेपाली काँग्रेसले पनि उनको राजीनामा माग गरेको छ ।

अर्थमन्त्रीलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि ठुलै दबाब परेको छ । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने यो कुरालाई सामान्य लिएका छन् ।