कडा सुरक्षाका साथ बुढीगंगा नगर चुनावको तयारी

0 313

बाजुरा/ जिल्लाको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन कडा सुरक्षाका साथ चुनावको तयारी भइरहेको छ।

बुढीगंगा नगरपालिका मदन स्थल लगाएको आसपास सयौं सुरक्षा तैनाथ भइ रहेको दृश्य देख्न सकिन्छ। बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाले भने सबै मतदान स्थलमा आबश्यक सुरक्षाकर्मीको व्यबस्थापन हुने वताए । मतदान केन्द्रको सुरक्षा नेतृत्व सिनियर प्रहरी अधिकृतले गर्ने थापाले वताएका छन् ।

बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । सबै मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा व्यबस्थापन गरिसकेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन् । मतदातालाइ शान्तिपुर्ण तरिकाले मतदान गर्ने सम्पुर्ण व्यबस्थापन गरिसकेको अधिकारीले वताए ।
निर्वाचनका लागि सोमबार बाट मतदान केन्द्रमा कर्मचारी खटाउन शुरु गरिने मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ । वैशाख