काठमाडौं ५ मा स्वतंत्र उमेद्वार हेमराज थापाको घर दैलो अभियान शुरु

0 14

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट संघिय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका सामाजिक अभियान्ता हेमराज थापाले घरदैलो सुरु गरेका छन् । आज धुम्बाराहीबाट घर दैलो कार्यक्रम सुरु गरेको स्वतन्त्र उम्मेदवार थापाले जनाएका छन् ।

स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला पनि स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए । स्थानिय निर्वाचनमा उनलाई किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो ।
पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब युवाहरूलाई मतदान गर्नेछौ एक स्थानीयले भने ‘बिगतमा सडकबाट बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् । अब जनताका आवाज बोल्न सदनसम्मै पुर्याउनेछौ ।’

शुक्रबार धुम्बाराहीबाट घर दैलो सुरु गरेका थापाले सयौको संख्यामा समर्थकहरू सहित स्थानीयहरुले भव्य स्वागत समेत गरेका थिए । धुम्बाराहीमा विशेष माया र स्नेह रहेको बताउँदै उनले आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरेका छन् ।

उनले आफ्नो आफ्नो योजनालाई सफल बनाउन आफुलाई भारि मत दिएर जिताउन समग्र सबैलाई आग्रह गरेका छन् । आफूले जित्दा आफ्नो जीत नभई समग्र युवा, स्वतन्त्रको जीत हुने उनको भनाई रहेको छ ।

स्थानीयसँग अभियान्ता थापाले भने ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ, अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौँ। बुढा बिरामी नेतालाई राष्ट्रको सम्पती दोहन’ गर्नबाट बञ्चित गराउनै पर्छ।

काठमाडौं क्षेत्र ५ बाट गत निर्वाचनमा एमालेको युवा नेता ईश्वर पोखरेल बिजय भएका थिए । गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका

 

थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए ।

साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए । काठमाडौं महा

 

नगरपालिकाका वडा नं २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।