कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह : बालेन शाह

0 29

काठमाडौँ :साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन नगरबासीलाई आग्रह गरेका छन् । फोहोर बर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकहरुसँग कुरा गर्दै प्रमुख शाहले यस्तो निर्णय
गरेका छन् ।२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि ऐनलाई प्रभावकारी बनाउन लागिएको हो |