चर्चित युवा हेमराज थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्छन त?

0 1,784

काठमाडौँ : स्थानीय चुनाब सकिय लगत्तै प्रतिनिधि सभा चुनावको चर्चा सुरु भएको छ,विभिन्न ठाउँ बाट भिभिन्न स्वतंत्र ब्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका छन।
सामाजिक काम र राजनितिक अभियानमा सकृय हेमराज थापाको पनि आउने चुनावमा उम्मेदवारी दिने चर्चा चल्ने गरेको छ। त्रिभुवन बिश्वाविध्यालय बाट स्नातकोत्तर गरेका थापा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार जिताउन देश भरी चुनावी सभामा गएका थिय।
स्थानिय चुनाव लगत्तै थापा विभिन्न मिटिङहरुमा ब्यस्त देखिन्छन ,जहँं उनिहरु स्वतन्त्र उम्मेदवार कसलाई उठाउने र अब कसरी स्वतन्त्रलाई जिताउने भनेर व्यापक बहसमा छन। राजनितीक दलका नेताको व्यबहार देखि दिक्क भएका जनता परिवर्तन खोजिरहेका छन। थापाको निकटतम स्रोतका अनुसार,उनी देश भरिका स्वतन्त्रलाई कसरी जिताउने?उम्मेदवार कसरी उठाउने भन्ने छलफलमा ब्यस्त छ्न ।भने अर्को तर्फ उनी कपन,बुढानिलकण्ठ ,चाबहिल गौसाला,कालोपुल क्षेत्रका जनता सँग पनि दैनैक छलफलमा छन। यो क्षेत्रका युवा र जनता संग बढी समय बिताउन थालेको देखियपछी राजनितीक बृत्तमा उनी काठमाडौं निर्बाचन क्षेत्र नम्बर 4 बाट चुनावमा भाग लिन सक्ने अनुमान गरिएको छ। स्मरण गराउन चहान्छौँ यो कंग्रेस महामन्त्री तथा साँसद गगन थापाको क्षेत्र हो। तीन पटक संसद र मन्त्री भैसकेका गगन थापा पछिल्लो समय बिबादित छन ,साथै राम्रो काम नगरेको भन्दै स्थानिय जनता आक्रोशित छन। उता भित्री तयारिमा जुटेको जस्तो देखिने हेमराज थापा लकडाउनमा सेवक बनेर देशभरी खटिएका देखिन्थे, स्थानिय चुनावमा स्वतन्त्र जिताउन देश भरी खटिएका थिय,mcc को मुल मुद्दा उठाएका थिय,भ्रष्टाचार न्यूनीकरण र युवा जागरणमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका छन। गगन थापाको तीन कार्यकाकाल लामो बिरासत छ 4 नम्बर निर्बाचन क्षेत्रमा।उनी कँग्रेसको शक्तिशाली महामन्त्री हुन। यस्तो अवस्थामा के हेमराज थापाले राजनितीक बृत्तमा चलेको हल्ला जस्तै 4 नम्बर निर्बाचन क्षेत्रमा उम्मेदवारी दिएर गगन थापालाई चुनावी च्यालेन्ज देलान त ?त्यो भने हेर्न बाँकी नै छ। एदि तेसो भयो भने थापा भर्सेज थापाको चुनावी भिडन्त रोचक हुनेछ।
तपाईं के भन्न चहानु हुन्छ?