चर्ची संचारकर्मी रबिलामिछाने राजनीतिमा आयका छन।

0 25

चर्ची संचारकर्मी रबिलामिछाने राजनीतिमा आयका छन्। आफ्नो चर्चित कार्यक्रम सिधाकुरा बाट राजिनामा दिदै यहि संसदीय चुनाबमा उमेद्वारी दिने भयका छन
प्रधानमन्त्रीसंग धेरै प्रस्न सोधें, अब उत्तर आफै दिन चाहन्छु भन्दै रबिले आज टेलिभिजनबाट बिदा लिएर औपचारिक रुपमा राजनितिमा आउने निर्णय गर्नु भएको छ ।

एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।