चलचित्रकर्मीहरुले बालेनलाई सम्झाए मेयर हुनुअघि मनोरञ्जन करमा छुट दिने बाचा

0 22

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सँग नेपाली चलचित्रकर्मीको टिमले मंगलवार भेटघाट गरेको छ। फिल्मसँग सम्बन्धित डिजिटल बोर्ड, मनोरञ्जन कर र कल्याणकारी कोषलगायतका विभिन्न विषयमा बालेन र चलचित्रकर्मीबिच छलफल भएको हो।
महानगरले सीमित स्थानमा मात्र डिजिटल बोर्डहरू राख्न पाइने निर्णय गरेको छ। जसले फिल्मको प्रचारप्रचारमा प्रत्यक्ष असर पारेको छ। नगरपालिकाले डिजिटल बोर्डको स्थापना गरेको खण्डमा भाडा तिरेर पनि प्रचारप्रसार गर्ने उनीहरूले बताएका छन्।

त्यसैगरी, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्ने उनीहरूको माग छ। कोषले स्वास्थ्य समस्यामा परेका चलचित्रकर्मीहरूलाई १ लाख सहयोग गर्दैँ आएको छ। रकम वृद्धिसँगै समस्यामा परेका चलचित्रकर्मीहरूलाई राहत ल्ने उनीहरूको भनाइ छ।

बालेनले मेयर हुनुअघि स्थानीय मनोरञ्जन करमा २ प्रतिशत छुट गर्ने घोषणा गरेका थिए।