नेपाली काङ्ग्रेस छोडेर राष्ट्रिय नागरिक पाटीमा आउने युवाहरुको लर्को।

0 29

काठमाडौं : नेपाली काङ्ग्रेस छोडेर आज राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएकोमा बुद्धराज तामाङलाई कार्य सफलताको शुभकामना दिदै महामंत्री बीबी थापाले स्वागत गरेका छन्। युएईमा करोडौंको बिजनेश छोडेर बिबि थापा देश बनाउन भन्दै राजनीतिमा होमिएका छन् । राष्ट्रिय नागरिक पाटीका महामन्त्री समेत रहेका उनी मंसिर ४ गते हुने निर्वाचनमा बाग्मती प्रदेशबाट समानुपातिक तर्फ चुनाब लड्न नेपाल आएका हुन् । पछिल्लो समय युवा पुस्ता राजनितीमा समेत आकर्षित हुने क्रम बढेसँगै अर्को एक आशलाग्दो युवा बिबिले चुनाब लड्ने पक्का भएको बताएका छन् ।

बिबि भन्छन् : ‘म पैसा कमाउन राजिनामा आएको हैन, पैसा कमाउन मेरो आफ्नै ब्यापार ब्यवसाय छ, म बिशुद्ध देशको सेवा गर्ने आएको हु’ । पछिल्लो समय स्वतन्त्रबाट चनाब लड्ने लर्को लागेको बेला तपाई किन नामै नसुनेको पाटीबाट चनाब लड्न लाग्नु भयो भन्ने ताजा खबर टिभीको प्रश्नमा उनी भन्छन् : ‘हाम्रो पाटी अहिले भएका दल भन्दा एकदमै फरक रहेको र स्वतन्त्र उमेदवारकै जस्तो एजेण्डा भएकोले राष्ट्रिय नागरिक पाटीबाट चुनाब लड्ने निर्णय गरेको बताउछन् ।

राष्ट्रिय नागरिक पाटीले यसपटकको चुनाबमा बाग्मती प्रदेशका १३ जिल्लामा मात्र उमेद्वारी दिने पनि उनले जानकारी दिएका छन् । ‘पाटीको संगठन बिस्तार र तयारी कम रहेकोले यसपटकलाई बाग्मती प्रदेशमा मात्र उम्मेदवारी दिदैछौ, निर्वाचनको परिणाम हेरेर भबिष्यको राजनीति हिसाब किताब गर्ने पनि उनले बताए । चुनाब चिन्ह चंगा पाएको राष्ट्रिय नागरिक पाटी यतिबेला निर्वाचनको तयारीमा लागेको छ । बसुन्धरामा पाटीले सम्पर्क कार्यलय खोलेर निर्वाचनको ब्यापक तयारी गरिरहेकोछ । निर्वाचनको तयारी तथा बिबिध बिषयमा राष्ट्रिय नागरिक पाटीका महामन्त्री बिबि थापासँग गरिएको कुराकानी हेर्नुस्