पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि

0 25

काठमाडौँ :पछिल्लो समय नेपालमा एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ हजार २७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १४ जना र १ हजार ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ, साथै मन्त्रालयले सुरक्षित रहन समेत आग्रह गरेको छ।