पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज २२ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना

0 108

 

पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज २२ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना भयको छ। यस अघि
तारा एयरको विमान सम्पर्कविहीन भएको जानकारी आएको थियो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए थिए ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताएका थिए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ पनि भनेका थिए ।’
उहाले भन्नुभयो हामीलाई दुर्घटना भयको अहिले आएर थाहा पायौ उक्त जहाजमा २३ जना यात्रु भयको भन्दै दुख ब्यक्त गरे। यधप स्पस्ट जानकारी अझै आएको छैन।