पोखरेललाई चुनावमा हराउन हेमराज आए मैदानमा, भन्छन- अब संसदबाटै जनताका पक्षमा लड्नेछौं

0 42

स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् ।
कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन् । उनै हेमराज थापाले अब आउँने संघिय निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको क्षेत्रबाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।

सामाजिक अभियान्ता हेमराज थापा स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए । स्थानिय निर्वाचनमा उनलाई किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो । त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने मनासय बनाएका थिए ।
‘काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा गरेको छु, अभियान्ता हेमराज थापाले भने ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ, अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौँ।’

को हुन् हेमराज थापा ?
स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् । उनको जन्मथलो बाजुरा हो। काठमाडौंमा समाजका विभिन्न विषय वस्तु लिएर आन्दोलनमा होमिदै आएका थिए ।एमसीसी एसपीपी प्रोजेक्टलाई राष्ट्रघाती हुन भन्दै आएका थापाले ‘बुढा बिरामी नेतालाई राष्ट्रको सम्पती दोहन’ गर्नबाट बञ्चित गराउनको लागि आफू राजनीतिमा अगाडी सरेको पनि बताएका छन्आफूलाई आम देशबासी युवा आमा बुबा दिदी बहिनीको साथ रहेकोले चुनाब जित्नेमा आफू ढुक्क रहेको बताएका छन् । काठमाडौं क्षेत्र ५ बाट गत निर्वाचनमा एमालेको युवा नेता ईश्वर पोखरेल फराकिलो मतान्तरले बिजय भएका थिए ।

गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए ।साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए । काठमाडौं महानगरपालिकाका वडा नं २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।