बागलुङमा लागूऔषधसहित ४ जना पक्राउ

0 31

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् ।

बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कम ब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको थियो ।