बाजुराको बूढीगंगा​मा जारी मतदान शान्तिपूर्ण, एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

0 73

बाजुरा : वैशाख ३० मा स्थगित भएको स्थानीय तहको निर्वाचन बाजुरा बूढीगंगा नगरपालिकामा आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्ने छ । कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको आरोप लगाएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती , एमालेका रामबहादुर बानिया र उपमेयर पदमा कांग्रेस तर्फबाट रिता शाहीले उम्मेदवारि दिएका छन् स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै अन्तिम स्थानीय तह रहेको छ ।

१० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ ।

जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।  बूढीगंगा​को मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।

तस्बिरहरु ;