ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै क्रिकेटर लामिछाने विरुद्ध प्रहरीमा उजुरी

0 27

काठमाडौँ :राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो ।
प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो । केटिएम दैनिकले पीडित भनिएको परिवारसँग पनि सम्पर्क गरेको छ । यस विषयमा पीडित भनिएको परिवार खुलेर बोल्न चाहेनन् । हामो सम्पर्कमा आएका पीडित परिवारका एक सदस्यले भने, “भोली/पर्सी सबै कुरा बाहिरिहाल्छ ।” उनले यस विषयमा थप प्रश्न नगर्न आग्रह गरे ।
लामिछाने भने अहिले नेपाल बाहिर छन् ।