भक्तपुरको फक्सिङटारमा एक बृद्धको मृत्यु

0 65

काठमाडौँ:भक्तपुरको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा ८४ वर्षीय जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा शिल्पकारको शव भेटिएको थियो ।
घरको भुइँतलामा उनी एक्लै बस्ने गरेका थिए । उनका छोरा बुहारी भने माथिल्लो तलामा बस्ने गरेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।