भारतीय विदेशमन्त्री जयशंकरलाई प्रचण्डले भेटे :

0 36

काठमाडौँ :भारतीय विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शनिबार नयाँ दिल्लीमा भेटबार्ता भएको छ ।
दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्ने बारेमा छलफल भएको जयशंकरले बताएका छन्।
प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नेछन्।
त्यस्तै भोलि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने छन् । प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेपछि स्वदेश फर्किने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बताएका छन् ।