महिनादिन नबित्दै ज्वालाले राप्रपा किन छोडिन ?

0 70

आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु। आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ , सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु। अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस्।❤️🌹🇳🇵