राजीनामा गर्न चर्को जनदबाब हुँदा पनि अर्थमन्त्री भन्छन्– म राजीनामा दिँदैदिन्न

0 10

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने अडान राखेका छन्। बजेट निर्माणमा अनधिकृत मानिसलाई प्रवेश गराएको र उक्त तथ्य बाहिरिएपछि अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाएपछि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाको संरक्षण पाएका मन्त्री शर्माले मंगलबार राजीनामा नदिने अडान राखे । उनले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया जनाए।