राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

0 20

काठमाडौँ खबर :
बिहीबार बिहान ११ बजेतिर नाबालिकामाथि बलात्कारको आरोप लागे क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो।

उनलाई हतकडी लगाएर लगिएको प्रहरीले लगेको हो। सन्दीपको हतकडी लगाएको हात भने रूमालले छोपिएको थियो। त्यस्तै उनी मास्क र क्याप लगाएर आएका थिए।

प्रहरी स्रोतका अनुसार उनी जहाजको बिजनेस क्लास टिकटमा आएका थिए। त्यस्तै यतिन्जेल उनी अमेरिकामा भएको पनि स्रोतले बताएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।