सन्दीप लामिछानेलाई ४ दिनको म्याद थप

0 4

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागिथप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उनका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘प्रहरीले ७ दिन म्याद मागे पनि श्रीमान्‌ले ४ दिन थप्नु भएको छ ।