हामी राजनीति प्रति वितृष्णा होइन प्रश्न बोकेर उभिएका छौं । युवा बिद्यार्थी बिप्लब खड्का

0 137

हामी राजनीति प्रति वितृष्णा होइन प्रश्न बोकेर उभिएका छौं ।

हाम्रो पुस्तालाई राजनीति प्रति वितृष्णा छ भन्ने भाष्य हाबी गराउन खोजिन्छ। हामी कहिले क्याम्पस बोल्छौं , कहिले विभिन्न मिडियाहरुमा बोल्छौ , कहिले सडकमा बोल्छौं। तर बोलिरहेका छौं। हामी यो देशको रक्षाका लागि बोल्छौं।

बहस गछौँ , लेख्छौँ। हाम्रो पुस्ताले लिने निर्णय , उठाउने आवाज अहिलेको परिवेश सुहाउँदो छ। हामी जुन समयमा चेताना निर्माण गरिरहेका छौं। त्यस समय अनुसार हाम्रो आवाज मूखरित बाट बन्चित गरिएको छ। हामी राजनीति प्रति वितृष्णा होइन ? प्रश्न बोकेर उभिएका छौं । परिवर्तन संस्थागत नहुनु राष्ट्रघाती सम्झौताहरु मनोपोली ढंङ्गबाट गरिनु र त्यही परिवर्तनका पात्रहरू द्वारा प्रतिगमन भइरहनु प्रमुख समस्या हो। जसले लडेर व्यवस्था परिवर्तन गरे उनीहरु नै शासकमा रुप पार रुपान्तरण भइरहेका छन् ।