हिंसाको राजनीति बाजुरामा कैले सम्म ?

0 159

हिंसाको राजनीतिबाट बाजुरा कैले मुक्त हुन्छ ?
मिति २०७९ मंसिर ४ गते सम्पन्न भयको प्रतिनिधिसभा निर्बाचनमा देश भरी नै बाजुराको चर्चा चुलियो । बाजुर देशको सबैभन्दा पिछडिएको र दुर्गम क्षेत्र भयता पनि राजनीतिक चलखेल र नेताहरु धेरै भएको जिल्लाको रुपमा अग्र पन्तिमा छ ।
हत्या भएका संन्जिब अएडि र चेतन अएडि क्रमस काँग्रेस र एमाले कस्ले बनायो र हत्याको जिम्मा कस्ले लिन्छ ?
यो प्रश्न भने अनुत्तरित नै छ,हिजोको दिनमा अनेकौ प्रलोभन दिएर दाजु भाइ भिड्न लगाउने एमाले नेता कर्ण थापा र कांग्रेस नेता बर्दी पाण्डे लिन्छन त ?
हिंसात्मक घटना किन र कसरी ?
चुनाब सम्पन्न भयको बर्षौ सम्म गाउँ घरमा अनुहार नदेखिने केही थान एमाले र कांग्रेसका शिर्स नेताहरु चुनाबको बेला गाउँ गाउँ मा जान्छन र पैसाको बिटो ले युवा पंतिलाई धुर्बिकरण गर्छन र एक आपसमा भिडाउछन र आफ्नो राजनितिक बिरासत जोगाउछन । चुनाबको मातले चुनाब सकियको ५ बर्ष सम्म मिलेर बसरहेका गाउँका दाजुभाईलाई अनेकौ प्रलोभनमा परि हिंसाको राजनिती गरिरहन्छ।
यो कैले सम्म ?
जब सम्म राजनीतिक दल र नेताहरु हाम्रा गडफादर हैन्न भन्ने सँस्कारको बिकास नभएसम्म यस्तै हो ।