हेटौडा उपमहानगरपालिकाको बजेट पारित गरिएको छ

0 25

सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकमा हेटौडा उपमहानगरपालिकाले नीति,कार्यक्रम तथा बजेट पारित गरेको छ । ।उपमहानगरपालिकाले १२ असारमा सो कार्यक्रमका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको छ ।बजेट पारित भएसँगै उपमहानगरपालिका क्षेत्रको विकासको लागि विभिन्न ठुला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन बाटो खुलाएको छ ।
विनियोजन विधेयक पारित भएसँगै उपमहानगरपालिका क्षेत्रको विकास निर्माणका कामले गति पाउनुको साथै अधुरा योजनाहरुको विकासले रफ्तार लिने नगरप्रमुख मिनाकुमारी लामाले बताएकी छन् । उनले विकास निर्माण र जनताको हितका लागि उपमहानगरपालिकाले कुनैपनि कसुर बाँकी नराखि आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने बताएकी छन् ।