१०० बढी सुकुमबासी पक्राउ:जनकपुर

0 20

जनकपुर :१०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका छन् ।
सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका र बजार बन्द गराउदै हिडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९जना पुरुषलाई नियन्त्रणमा लिइएको छ।