MCC पास भैसक्यो तर हेमराज थापा अझै छुटेका छैन्न ।

0 58

सामाजिक अभियान्ता बिध्यार्थी नेता हेमराज थापा बिगत ८ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । पछिल्लो समय MCC लगायत्का विषयमा आफ्नो धारण राख्दै आएका अभियान्ता थापा एमसीसीको बिरोध गर्दै गर्दा पक्राउ परेका हुन् । उनलाई अभद्र व्यवहारको मुद्धा लगाइएको छ ।

हेमराज थापालाई आजपनि नछाडेको अभियान्ता शोम शर्माले जानकारी दिएका छन् । उनी अहिले बानेश्वर प्रहरी हिरासतमा छन् । एमसीसीको बिरोध गर्दा पक्राउ परेका अधिकांश छुटिसकेका छन् ।

बिरोधकाबीच एमसीसी व्यख्यात्मक घोषणा गर्दै संसदबाट अनुमोदन भइसकेको छ । तर अझै पनि एमसीसीको बिरोध कार्यक्रम भने रोकिएको छैन् ।